कालीगण्डकी गाउँपालिकामा पहिरोमा पुरिएर एकको मृत्यु,तीन बेपत्ता र दुई घाइते

0
Shares

भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका ४ खहरेमा कुलो सोर्न क्रममा माथीबाट पहिरो खस्दा एक जनाको मृत्यु भएको छ भने तीन बेपत्ता भएका छन् त्यस्तै दुई जना घाइते भएका छन् ।

करीब बिहान नौ बजेको समयमा माथी बाट पहिरो खस्दा वडा नम्बर चार कै अन्दाजी बर्ष ६० को ईमान सिंह रानाको घटना स्थलमै मृत्यु भएको छ भने तीन जना हराइरहेको वडा अध्यक्ष चक्र पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराइरहेका सोही वडाकै करिब बर्ष ६५ का प्रेमचन्द्र पाण्डे ,करिब बर्ष ५० को टीका बहादुर थापा र करिब बर्ष ६० को जीमानसिंह थापा छन् ।

मानवीय क्षति जिल्लाको पहिलो घटना भएको प्रमुख जिल्ला अधिकारी गगा बहादुर क्षेत्रले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल प्रहरी घटना स्थलमा पुगेको र नेपाली सेना ससस्त्र प्रहरी घटना स्थल तर्फ जादै गरेको उहाँले जानकारी दिनुभयो ।