बिमानमा बम राखेको हल्ला पछि आपतकालिन अवतरण गराइयो

0
Shares

 

वार्सा । पोल्याण्डको क्रयाकोफबाट आयरल्याण्डको डब्लिन तर्फ उडिरहेको एउटा बिमानको शौचालयमा बम राखेको सूचना भेटिएपछि उक्त बिमानलाई आपतकालिन अवतरण गराइएको छ ।
राइन एयरको उक्त बिमानलाई बेलायतको स्टानडेन्ट बिमानस्थलमा अवतरण गराई बिमानको खानतलासी शुरु गरेको बीबीसीले जनाएको छ ।
स्थानीय समय अनुसार सांझ ६ बजेर ४० मिनेटमा अवतरण गर्नु अघि दुईवटा लडाकु बिमान सो बिमानलाई पहरा दिएर बिमानस्थलमा अवतरण गराएको थियो । बिमानमा भएका सबै यात्रुलाई सकुसल अवतरण गराई उनीहरुलाई सुरक्षित क्षेत्रमा लगिएको छ ।