सामाजिक सुरक्षा भत्ता कटौतीमा आपत्ति


पाल्पा, (नेस)

असार महिनासम्म नेपाल सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता आउँदो साउनदेखि कटौती गर्ने भएपछि विदेशी पेन्सनरहरूले आपत्ति जनाएका छन् ।

यही असार १७ गते नेपाल सरकारले निर्णय गरी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको भन्दै पूर्वसैनिक संगठनले गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका हुन् ।

सरकारले यो निर्णयले खास गरी गोर्खा भूपू सैनिकप्रति राज्यले अनागरिकसरहको व्यवहार गरेको राष्ट्रिय पूर्वसैनिक संगठनका अध्यक्ष क्याप्टेन भीमबहादुर रानाले एक विज्ञप्तिमार्फत जनाउनुभएको छ ।

गोर्खा भूपू सैनिकले विदेशमा गरेको सेवा र कर्मबापत राज्यले ठूलो रेमिट्यान्स प्राप्त गरेको भन्दै अध्यक्ष रानाले भूपूहरूले प्राप्त गर्ने सुविधाप्रति नेपाल सरकारको कुदृष्टि आफूहरूलाई सैह्य नहुने विज्ञप्तिमा जनाएका छन् ।