सुवेदी दम्पती हत्यारा १५ बर्ष पछि पक्राउ

0
Shares

काठमाडौ । १४ बर्ष अघि सितापाईलमा भएको दम्पती हत्या काण्डका अभियुक्तलाई प्रहरीले भारतबाट पक्राउ गरेर नेपाल ल्याई सार्वजनिक गरेको छ । तत्कालिन सितापाईला गाविस ४ मा कान्तिपुर सःमिलका संचालक मोरङ डांगीहाटका नातीकाजी सुवेदी र उनकी श्रीमती सानु सुवेदीलाई सोही मिलमा काम गर्ने जयकिशोर साह र प्रताप रानाले खुकुरी प्रहार गरी फरार रहेका थिए ।
सुवेदी दम्पतीको हत्या पछि फरार रहेका उनलाई भारतबाट पक्राउ गरी नेपाल ल्याइएको बताइएको छ । दम्पती हत्या पछि फरार रहेका साह र राना २ बर्ष भारतको लखनउमा बसेका थिए । दुई बर्षपछि राना त्यहांबाट बाहिर गएपछि साह भने जय शर्माको नामबाट भारतीय आधार कार्ड लिएर काम गर्दै आएका थिए ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो स्थापना भएदेखि नै उक्त घटनाको बारेमा चासो राख्दै आएको प्रहरीले उक्त घटनामा परी गम्भिर घाईते भएका बिलभ सुवेदीसंग निरन्तर सम्पर्कमा रहदै आएको थियो । सुवेदी संगको निरन्तर सम्पर्क र सूचनाको आधारमा भारतीय प्रहरीसंगको समन्वयमा सुराकी परिचालन गरी साहलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । अर्का अभियुक्त रानालाई पनि प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।