घर भाडा छुट सम्बन्धको रिटमा सर्वोच्चद्धारा सरकारको नाममा कारण देखाउ आदेश जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

विश्वभर पैmलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लामो लकडाउन र घर धनीलाई भाडा छुट गर्न गरेको आह्नसँगै भाडामा बस्ने र घर धनी विच द्धन्दतात्मक अवस्था सृजना भएको विषयमा सर्वोच्च अदालतमा परेको रिटमा सरकारको नाममा कारण देखाउको आदेश भएको छ ।

न्यायाधीस प्रकाश कुमार ढुंगानाको एकल इजालसले सरकारको नाममा कारण देखाउ आदेश भएको हो । सरकारकै निर्णयका कारण घर धनी र भाडामा वस्ने विच द्धन्द भइरहेको सम्वन्धमा लकडाउन अवधीको भाडा छुटसगै भाडा तिर्ने समय सिमा तीन महिना कायम गरी अहिलेको जटिल घडीमा घरबाट नहटाउन माग गर्दै पत्रकार राधाकृष्ण कटवाल र हेब बहादुर खड्काले सर्वोच्च अदालतमा जाहेर गरिएको रिटमा सर्वोच्चका मूख्य रजिष्ट्रार नृपध्वज निरौलाको आदेशमा रिटलाई दरपिट गरिएको थियो भने सो उपर परेको रिट दायरमा न्यायाधीस टंक बहादुर मोक्तानको एकल इजालसले दरपिठलाई बदर गरेको थियो ।

बन्दावन्दीले आर्थिक स्रोतका सबै किसिमका बाटो बन्द भएको सो कारण दैनिक जीवन चलाउनसमेत कष्टकर बन्दै जाँदा आत्महत्या जस्ता घटना भईरहेकोले अहिलेको जटिल अवस्थालाई मध्यनजर गर्दै अन्तरिम आदेश हुनुको विकल्प नरहेको वकालत गर्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु विष्णु लुईटेल , जगदेव चौधरी ,अनन्तराज लुईटेल ,किर्तिनाथ शर्मा पौडेल ,विद्या पौडेल,चण्डिका ढकाल र प्रवन्द सिन्धु गुप्तले बहस गरेका थिए ।

नेपाल सरकारले गत चैत १६ गतेको मन्त्री परिषदको निर्णय भन्दैे बन्दावन्दी अवधिको एक महिनाको भाडा नलिन घर धनीलाई आहन गरेको थियो । सोही निर्णयलाई आधार मान्दै भाडामा बस्नेले घर भाडा छुट माग गर्दा घर धनीले घर खाली गर्न दवाव दिने मात्र नभई बत्ति पानी नदिने लगायतका मानसिक तनाव दिदा केही भाडामा वस्ने नागरिकले आत्महत्यासम्म गर्न पुगी अकालमै ज्यान समेत गुमाएको अवस्था छ ।