राष्ट्रपति ट्रम्पलाई बल्ल कोरोनाको तनाव

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिक रूपमा मास्कको प्रयोग गर्नुभएको छ ।

यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ र गर्नुपर्दछ भन्ने सन्देश दिनेगरी मास्क लगाउनुभएको हो । उहाँले यसअघि आफूले मास्क नलगाउने बताउनुभएको थियो थिए भने डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडनले लगाएकोमा उपहास समेत गर्नुभएको थियो ।

गत अप्रिल महिनामा अमेरिकाको ‘सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रेभेन्शन (सीडीसीं) ले भाइरसको विस्तार रोक्न मास्क वा कपडाले मुख छोप्न सुझाव दिदाँ पनि ट्रम्पले अस्वीकार गरी र वेवास्ता गर्दै आउनुभएको थियो ।

तर शनिबार अमेरिकी सैनिक अस्पतालको अवलोकन भ्रमणका क्रममा उहाँले मास्क लगाएको फोटो अहिले भाइरल भएको छ ।वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा उनले शनिबार हेलिकोप्टर मार्फत् गएका थिए । मास्क लगाएको अवस्थामा सार्वजनिक भएपछि उहाँले विषेश गरेर अस्पतालमा आएको बेला मास्क लगाउनु स्वास्थ्यका लागि राम्रो हुने प्रतिक्रिया दिनुभयो ।

उहाँ घाइते सिपाही र स्वास्थ्यकर्मीहरूलाई भेट्न वाशिङ्टनबाहिर रहेको सो अस्पतालमा गएका हुन् ।अमेरिकामा पछिल्लो २४ घण्टामा ६६,००० भन्दा बढी नयाँ सङ्क्रमित भेटिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।महामारी सुरु भएदेखि अहिलेसम्म अमेरिकामा झन्डै १,३५,००० हजार मानिसको मृत्यु कोरोनाकै कारण भएको जनाइएको छ ।

रासस र एपी