कोरोना संक्रमित भेटिएसँगै पनौतीका दुई वडा सिल

0
Shares

न्युज अफ नेपाल, काभ्रे ।

काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ र ९ सिल गरिएको छ ।

पाटन अस्पतालमा गरिएको कोरोना परीक्षणमा वडा नम्बर २ की ४७ वर्षीया महिला र वडा नम्बर ९ का २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । उक्त वडा सलि गरिएपछि ट्रेसिङको काम सुरु भइएको छ ।

यस्तै, बनेपा नगरपालिकाको वडा नम्बर ६ का एक जनामा कोरोना पुष्टि भएसँगै सो वडा पनि सिल गरिएको छ ।