उपत्यकामा साझा यातायात सञ्चालनको तयारी

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेसंगै साझा यातायातले बस सञ्चालन गर्ने तयारी गरेको छ। सरकारले तोकेका मापदण्ड पुरा गरेर साझा यातायात सञ्चालनको तयारी थालिएको सञ्चालक समितिले जनाएको छ ।

लामो समयदेखि जारी लकडाउनका कारण थन्किएका गाडीको हाल मर्मत सम्भारको काम भईरहेको समितिले जानकारी दिएको छ । सकेसम्म साउन १ गतेदेखि नै साझा यातायात सञ्चालन गर्ने तयारी रहेको बताईएको छ ।

सरकारको निर्देशन अनुसार सामाजिक दूरी कायम गरी, चालक सहचालकलाई पन्जा, मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाई गाडी सञ्चालन गरिने छ ।

यात्रुले पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्ने र सिटमा सामाजिक दूरी कायम गरिने बताईएको छ । यद्यपी साझा यातायातका सबै गाडीहरु एकैपटक सञ्चालन भने हुने छैनन् ।गाडीका चालक तथा सहचालकहरु उपत्यका बाहिर रहेकाले सिमित जनशक्तिका कारण केही सीमित रुटमा गाडी चलाउने तयारी गरिएको छ ।