प्रिमियरको ज्यादतीः अभिभावकले मासिक बाहेक अन्य शुल्क पछि तिर्छौ भन्दा पनि मान्दैन

अभिभावक प्रतिनिधि मार्फत शुल्क उठाउन ताकेता

14
Shares

ईश्वरराज ढकाल, ललितपुर ।

अनलाईन शुल्क लिने निर्णय गरी विद्यालयको पढाईलाई निरन्तरता दिने तयारी भैरहदा राजधानीका ठुला स्कुलले अभिभावकसंग तोकेको शुल्क दिदैपर्ने अडान गर्दै चर्को दबाब दिन शुुरु गरेका छन् ।

त्यसमध्यको नेपालको पहिलो आइबी पिवाइपि वल्र्ड स्कुल प्रिमियरले अभिभावक प्रतिनिधि मार्फत अभिभावकलाई दबाव दिन शुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र ललितपुर महानगरपालिकासंग समेत आफुले तोकेको शुल्क उठाउन पाउनुपर्ने दवाब दिइरहेको विद्यालयले बिल बिना नै अभिभावसंग रकम असुल गर्न खोजिरहेको छ ।

स्टेशनरी, आइबी ल्याव , वार्षिक शुल्क , पुस्तकालय शुल्क लगायतका नाममा करिब १ लाख ५० हजारसम्मको बिल पठाएर हैरान पारेकोस्कुलले शुल्कको विषयमा कुरा गर्न पुग्दा अभिभावलाई समेत भेट्न नदिएको गुनासो पुगेको छ ।

एउटा कक्षा एकजना अभिभावक प्रतिनिधि मार्फत हामीलाई बारम्बार सबै शुल्क तिर्ने दबाब दिन थालेका छन्–नाम नबताउने सर्तमा एक अभिभावकले भने ।

‘हामीले के आधारमा शुल्क तिर्ने ? न त कुनै बील दिएको छ , न कुनै एप्स र म्यासेन्जरबाट म्यासेज पठाउने गरेका छ’–ती अभिभावकले गुनासो गरे ।

ऋभिभावकले विद्यालयका संस्थापक प्रिन्सिपल एवं हालका निर्देशक पवित्रा लिम्बुसंग कुराकानी गर्न खोज्दा सबै कुरा यही भन्नुस उहाँ भेट्न सक्नु हुदैन भनेर विद्यालयबाट फिर्ता पठाउने गरेको छ ।

‘ एक दिन त किताब लिन स्कुल बोलाईयो, किताबको बिल तिर्न खोज्दा असार सम्मको सबै शुल्क नतिर्ने भए किताब नै दिन्न भन्दै फिर्ता पठाइएयो’–विद्यालयको ज्यादत्ती प्रति दुःख पोख्दै एक अभिभावकले भने लक डाउनको मौका छोपेर हामीलाई त दिनसम्म दुःख दिएका छन् ।

विद्यालयले अभिभावकलाई गरेको व्यवहारको विषयमा बुझन पटक पटक सम्पर्क गर्न खोज्दा निर्देशक लिम्बुले फोन उठाउनु भएन । म्यासेज गरेर आफ्नो परिचय दिदा समेत कुनै रेन्पोन्स भएन ।

विद्यालयले अभिभावक प्रति गर्ने व्यवहार सहन नसकेर केही अभिभावकले आफ्नो छोराछोरी फिर्ता गर्ने तयारी गरेका छन् । यस्तो समयमा हामीसंग विभिन्न शुल्क सहित जोडेर असार सम्मको एकलाख भन्दा बढी रकम माग्ने विद्यालयलाई कस्ले कारबाही गर्ने ? ति अभिभावकको गुनासो थियो ।

केही अभिभावकले अहिले मासिक शुल्क तिछौ, विद्यालय सञ्चालन हुनासाथ तोकिएको रकम बुझाउछौ भन्दापनि विद्यालय प्रशासनले इन्कार गरेको अभिभावकको भनाई छ ।

हामीले त कैयौपटक कुराकानी गर्न प्रयास ग¥यौ संस्थापक प्रिन्सिपल पवित्रा म्यामले समयनै दिनुहुदैन । उल्टै कक्षाका अभिभावक प्रतिनिधि मार्फत शुल्क उठाउन दबाव दिने गर्नुभएको छ ।

यहासम्मकी केही अभिभावक प्रतिनिधिले अहिले मासिक शुल्क तिर्ने र बाकी पछि भुक्तानी गर्ने विषयमा आफुले जिम्मेवारी लिन्छु भन्दापनि व्द्यिालयले इन्कार गर्न खोजेको अभिभावको भनाई छ ।

अब अति नै भयो, सम्न्धित निकायमा उजुरी हालेर आवश्यकनै नभएको विषमया शुल्क उठाएको बारेमा आवाज उठाउने तयारीमा छौ–ती अभिभावकको भनाई छ ।

सो विषयमा केही गुनासो आएपछिललितपुर महानगरपालिका शिक्षा शाखाले निर्देशक लिम्बुसंग मौखिक जानकारी लिएको थियो । बढी शुल्क लियो भनेर गुनासो आएपछि हामीले बोलाएका थियौ–ललितपुर शिक्षा शाखा प्रमुख महेन्द्र क्षेत्रीले न्युज अफ नेपालसंग भन्नुभयो ।

उहाले लिखित उजु्री नआएको कारण त्यस्ता विद्यालयमाथि के कारबाही गर्ने ? भन्ने विषयमा समस्या परेको बताउनुभयो ।

ऋभिभावकले रकम नदिएपछि ललितपुर प्याब्सन सहित प्रिन्सिपल लिम्बु महानगरपालिकामा पुग्नुभएको थियो । सो क्रममा महानगरपालिकाले सरकारको निर्णय नभएसम्म शुल्कको विषयमा निर्णय गर्न नसकिने जनाएको थियो ।

ललितपुरको युलेन्स स्कुलको विषयको विवाद सेलायन नपाउदै प्रिमियरको विषय उठेको हो । प्रिमियरले विद्यार्थीसंग असार सम्मको शुल्म मागेको छ । आफ्नो विद्यालय कानुनी रुपमा जोगाउन अकिलेसम्म बिलनै नदिइ अभिभावक प्रतिनिधि मार्फत रकम अशुल्न दबाब गरेको खुलेको छ ।

विद्यालयले अभिभावक प्रतिनिधि राखेर शुल्क लिने निर्णय गरेको थियो । अधिकांस अभिभावकले अनलाईन कक्षा सञ्चालन गरिरहेको अवस्थामा मासिक शुल्क तिर्ने बचन दिइसकेका छन् । तर विद्यालय प्रशासनले सबै शुल्क तिर्न पटक पटक दबाब दिने गरेको अभिभावकको भनाई छ ।

नेपालकै महंगो व्द्यिालयको रुपमा कहलिएको प्रिमियरले अभिभावकको आग्रह र सरकारको निर्देशनलाई ठाडै उलंघन गरिरहेको देखिएको छ ।

निर्देशक लिम्बुले पछिल्लो समय अभिभावकले लाख भन्दा बढी शुल्क नतिरेपछि देशभर आन्दोलन गरी विद्यालय बन्द गर्न गर्नुपर्ने दबाब दिदै आउनुभएको छ ।