सेती नदीको डुवानमा ४२ घर


मिला दरै, तनहुँ ।

मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाले नदी, खोलानालाको बहाव बढेको छ । रातभर परेको अविरल वर्षाले शुक्लागण्डकी नगरपालिका नगरपालिका अन्तर्गत सेती नदीले बस्ती डुवानमा परेको छ ।

बाढी बस्तीमा पसेपछि शुक्लागण्डकी नगरपालिका–८ र ४ को पुल्चोक क्षेत्र डुबानमा परेको शुक्लागण्डकी ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार ८ नम्बर वडाका १४ र ४ नम्बर वडाका २८ गरी ४२ घर डुवानमा परेका छन् । अहिले डुवानमा परेका स्थानीयलाई उद्दार गरिसकिएको छ । बाढीले मानवीय क्षति भने अहिलेसम्म नभएको उहाँले बताउनुभयो ।

‘डुवानमा परेका ती परिवार विस्थापित गरिएको छ, कोभिड १९को जोखिममा पनि उद्दार गरी उनीहरुलाई हाललाई स्थानीय समाज भवनहरुमा व्यवस्थापन गरिदैछ, निरन्तरको वर्षात्का कारण थप उद्दारमा भने समस्या भएको छ,’ वडाध्यक्ष रेग्मीले भन्नुभयो, ‘पशुचौपाय भने बाढी बस्तीमा पस्दा बगाएको छ, यसको तथ्याङ्क निकाल्न समय लाग्नेछ ।’ उक्त क्षेत्रमा उद्दारमा सुरक्षाकर्मी सहित स्थानीयहरु ख्टिएका छन् ।