सिन्धुपाल्चोक जान हिडेका सभामुख सापकोटा धुलिखेलको आकाशबाटै फिर्ता


न्युज अफ नेपाल, काठमाडाैँ ।

बाढी पीडित र घाईतेको उद्दारका लागि सिन्धुपाल्चोक आउँदै गर्नुभएका सभामुख अग्निप्रसाद सापकोटा धुलिखेलको आकाशबाटै फर्कनुभएको छ ।

मौसम प्रतिकुलताका कारण सभामुख सवार हेलिकप्टर धुलिखेल बाट फर्कनुपरेको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताउनुभयो ।

” मौसम प्रतिकुल भएपछी सभामुख ज्यु धुलिखेलको आकसबाट फर्कनुभएको छ” सल्लाहकार न्यौपानेले भन्नुभयो । सडक सम्पर्क टुटेपछि सभामुख सापकोटा सहितको टोलि हेलिकप्टरमा घटनास्थल आउँदै थियो ।बाढिग्रस्त क्षेत्रमा पुन वर्षा हुन लागेको छ ।