सैनिक प्रवक्तामा सहायक रथी पौडेल नियुक्त

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी सन्तोष बल्लभ पौडेल नियुक्त हुनु भएको छ । पौडेलले साउन १ गतेबाट आफ्नो कार्यभार सम्हाल्नुहुने भएको छ । हालका प्रवक्ता सहायक रथी बिज्ञानदेव पाण्डेको कर्णाली पृतनामा सरुवा भएको छ ।

उहाँ केही समयपछि उपरथीमा बढुवा हुनुहुने सैनिक मुख्यालयले जनाएको छ ।  १५ महिना सैनिक जनसम्पर्क निर्देशनालयमा काम गर्नु भएका पाण्डे नेपाली सेना भित्र प्रष्ट बक्ताको रुपमा चिनिनुहुन्छ ।