११ बर्ष देखि फरार कुख्यात अपराधी बैठा पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

११ बर्ष देखि फरार रहेका एक कुख्यात अपराधीलाई बारा प्रहरीले पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका १८ बस्ने तिकल भन्ने नन्दु बैठालाई प्रहरीले पक्राउ गरेको हो । बैठाले २०६६ साल बैशाख १७ गते बाराको तत्कालिन फेटा गाउ बिकास समिति १ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयका शिक्षक प्रदिपकुमार तिमिल्सिनालाई होली हानी हत्या गरेका थिए ।

बिद्यालयबाट घर जादै गरेका तिमिल्सिनालाई बैठा सहित सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी मिलेर गोली हानी हत्या गरेका थिए ।यस अघि उक्त गोली काण्डमा सहभागी तीन जनालाई प्रहरीले बिभिन्न मितिमा पक्राउ गरी कारवाही गरेको थियो भने बैठा चाही भागेर बच्दै आएका थिए ।

उक्त घटनापछि भारत भागेका बैठा लकडाउनको बेला नेपाल प्रवेश गरेको सुराकी पाएको प्रहरीले सोमबार पक्राउ गरेको थियो ।