थप १८० जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा सोमबार  कुल १८० जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या १५ हजार ९ सय ६४ जना पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा २९ हजार २१५ रहेका छन् भने आइसोलेसनमा ९ हजार ११८ जनाको उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा २५ वटा प्रयोगशालामा ४ हजार ७२१ नमुनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म कोरोना उपचारपछि निको भएर घर फर्किनेको संख्या ६ हजार ८ सय ११ जना रहेका छन् । कोरोनाबाट अहिलेसम्म ३५ जनाको ज्यान गएको छ ।