२ केजी अफिम सहित थिङ पक्राउ


काठमाडौं ।

झण्डै २ किलो अफिम सहित एक जनालाई प्रहरीले जानकारी दिएको छ । मकवानपुरको राक्सिराङ गाउंपालिका ३ बस्ने पदमबहादुर थिङलाई लागू औषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

लामो समयदेखि लागू औषधको अबैध कारोवारमा संलग्न रहदै आएका थिङको बारेमा ब्युरोले लामो समयदेखि निगरानी गर्दै आएको थियो ।