राष्ट्रिय शिक्षक सङ्गठनलाई सलाम छः शिक्षाविद डा.कोइराला


काठमाडाैँ ।

नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितीको परिकल्पना तथा जिल्ला समिती मकवानपुरद्वारा तयार गरिएको “ननिदाएका शिक्षकहरू” शीर्षकको अनलाईन कार्यक्रममा शिक्षाविद डा. बिद्यानाथ कोइरालाले उक्त कार्यक्रम को समिक्षा गर्दै संगठनले गरेका कामहरूको सराहना गर्दै ने.रा.शि.स.का अध्यक्ष लक्ष्मण शर्माको नेतृत्वलाई खुशी व्यक्त गरेका छन् ।

उनले उक्त महत्त्वपूर्ण कार्यक्रमलाई नियालेर संगठनले यो बन्दाबन्दीको शून्य समयलाई प्रबिधिसंग जोडेर उपलब्धिमूलक कार्यक्रमहरू गरि विपदको समयलाई सहि ढंगले शिक्षकहरूलाई सूचना प्रविधिको बीउ उमार्न सफल भएकोमा बधाई दिदै अध्यक्ष शर्माको नेतृत्वलाई सलाम ठोकेका हुन् ।

उक्त कार्यक्रमको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरका अध्यक्ष श्रीराम दाहालले गर्नु भएको थियो भने कार्यक्रम संचालन सचिब पुरुषोत्तम आचार्यले गर्नुभएको थियो। कार्यक्रम का प्रमुख अतिथि ने रा शि स का राष्ट्रिय अध्यक्ष लक्ष्मण शर्माले कार्यक्रमको ब्यानर बाचन गरी धादिङबाट उद्घाटन गरेका थिए । कार्यक्रममा विशिष्ट अथिती राष्ट्रिय समिती महासचिव हंसबहादुर शाही लगायत राष्ट्रिय समिति का सम्पुर्ण पदाधिकारी, सद्स्यहरू लगायत देशभरबाट ३०० शिक्षकहरूको सहभागिता रहेको थियो।

सप्ताह भरि संचालन हुने उक्त उक्त कार्यक्रम का ४ वटा उदेश्य माथी प्रकाश पर्नु हुँदै अध्यक्ष दाहालले कार्यक्रम पश्चात् बैकल्पिक सिकाइ सहजीकरणमा सहयोग पुग्नुका सथै शैक्षिक गुणस्तर उकास्ने कार्यक्रममा पनि अग्रसर हुने बताए ।

देशभरी संचालन गर्नसकिने उक्त कार्यक्रमको शुरूवात मकवानपुर जिल्लाले गरेता पनि अरु जिल्लामा पनि यसको मसाल फैलाइने , नवप्रवर्तनीय अभ्यास गर्ने शिक्षकहरूको खोजी गरी प्रकाशमा ल्याउने प्रष्ट पारेका थिए ।

कार्यक्रम मा बालज्योति मा बि हेटौंडा र बंशगोपल मा.बि हेटौंडा का शिक्षकहरूले बैकल्पिक सिकाइ का लागि गरिएका प्रयासहरू भिडियो मार्फत प्रस्तुत थियो । कार्यक्रम संचालनमा थुप्रै चुनौतिहरू भए पनी बिद्यालयले विभिन्न किसिमका बिद्यार्थीलाई छनोट गरि सम्पर्क कक्षा सञ्चालन गरि हप्ताको १ दिन बिद्यालय बोलाएर बिद्यार्थीलाई हप्ताभरीको अभ्यास पुग्ने गरी पालैसङ्ग बिधालय बोलाएर र हप्ताको १ दिन गृहकार्य दिने र बिद्यार्थीहरू हप्ताभरी घरमा नै बसेर पढ्ने कुरा उल्लेख गरेका थिए।

नेट भए भएकोलाई भर्चुअल कक्षा बाट टेलीभिजनको पहुच हुनेहरूका लागी टेलीभिजन बाट रेडियो सम्म पहुँच भएकालाई रेडियोबाट र कुनै पनि साधन नै नभएका विद्यार्थीलाई बिद्यालयमा नै बोलाएर सहजीकरण गरी गृहकार्य दिने गरिएको थियो ।उक्त कार्यक्रममा बोल्नु हुदै डा.कोइरालाले कोरनाको कारण सबै शिक्षकले प्रबिधिमा जोडिने सुनौलो अवसर मिलेको भन्दै उक्त कार्यक्रमलाई मकवानपुर जिल्लामा मात्र संचालन नभई अरु जिल्ला जिल्लामा र पालिकासम्म निरन्तरता दिन सुझाएका थिए।

डा. कोइरालाले बैकल्पिक सिकाइ सहजीकरणका लागि शिक्षक अन्लाईन टेलीभिजनको बिकासमा जोड दिनुपर्ने बताए। उक्त कार्यक्रमका लागि देशभरिका हरेक स्थानीय पालिकाहरूले सिकाई केन्द्र तोकि हरेक किसिमका सिकाइ सहजीकरण गर्न जोड दिनुपर्ने बताएका छन् । उक्त क्रियाकलापमा भएको कुराकानीमा बोल्दै डा.कोइरालाले सिकाई सहजीकरणका क्रममा अग्रपंक्ति गएका शिक्षकलाई जीवन बिमाको ब्यबस्थापन गर्नुपर्ने बताउदै कार्यक्रमको पुर्ण सफलताको शुभकामना दिएका थिए ।

उक्त कार्यक्रममा देशभरिबाट जोडिएका जना भन्दा बढी सहभागीहरूको प्रतिक्रियाबाट उत्साहित हुदै अध्यक्ष दाहालले कार्यक्रमका परिकल्पनाकार ने रा शि का अध्यक्ष लक्ष्मण शर्मालाई जिल्ला समिति मकवानपुरले समेत सलाम ठोक्दै पहिलो दिनको कार्यक्रम गरेका थिए । यो कार्यक्रम हरेक शुक्रबार साँझ ७ बजे लाइभ वाच पार्टीबाट प्रशारण गरिनेछ।