४ करोड ८५ लाख ठगी गर्ने पक्राउ

0
Shares

न्युज अफ नेपाल,काठमाडौँ ।

कृषि बिकास बैक मुख्य कार्यालय तथा शाखा कार्यालय न्यूरोडबाट संगठित रुपमा बैकको बित्तिय प्रणालीमा अनाधिकृत रुपमा बिभिन्न ब्यक्तिको खातामा रहेको रकम रकमान्तर गर्ने कार्यमा संलग्न रहेका धादिङका सौजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

तामाङले कृषि बिकास बैक शाखा कार्यालय न्यूरोडबाट सुनिता श्रेष्ठको खातामा बाट ४९ लाख ५० हजार रकमान्तर गरी ९ लाख ५० हजार भुक्तानी लिएका थिए । त्यसैगरी तामाङले श्रवणकुमार श्रेष्ठको खातामा २० लाख रकमान्तर गरी चेक पेश गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

बिभिन्न ब्यक्तिले आफ्नो खाताबाट रकम हराएको उजुरी प्रहरीमा दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा तामाङलाई शंकाको आधारमा पक्राउ गरी सोधपुछ गर्दा उक्त कार्यमा आफ्नो संलग्नता रहेको बताएका थिए ।

तामाङ सहित सुनिता श्रेष्ठ, श्रवणकुमार श्रेष्ठ लगायतले ४करोड ८४ लाख ६० हजार रुपियाँ भुक्तानी लिएको प्रहरीले जनाएको छ ।