प्रदेश पाँचमा एकै दिनः विभिन्न घटनामा ९ को मृत्यु


बुटवल, (नेस)

प्रदेश पाँचमा शनिबार विभिन्न घटनामा परी ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिवार ४ जनाले झुन्डिएर, २ जना सवारी दुर्घटनाबाट, १ जना पानीमा डुबेर १ जना बेवारिसे अवस्थामा र १ जनाको उद्योगको क्रेनमा च्यापिँदा मृत्यु छ ।

प्रहरीका अनुसार प्युठानको सरुमारानी गाउँपालिका–६, मोतीपुरमा नौबहिनी गाउँपालिका–७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाँटेतर्फ जाँदै गरेको ना७ख ८९३८ नंको ट्रिपर दुर्घटना हँुदा चालक र सहचालकको मृत्यु भएको छ । चालक रोशन थापा र सहचालक झकबहादुर पुनको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ ।

त्यस्तै बाँके गुलरीस्थित फत्तेपुर सिँचाइको नहरमा केशवराज लामिछाने मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगर पालिका–२ मैनाबगरमा तराई मूलको जस्तो देखिने एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका–३ डाडाखुटीका दुर्गा केसीले आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुन्डी आत्महत्या गरेका छन् । रोल्पा रुण्टिगढी नरबहादुर घर्तीले भिमलको रुखमा झुन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ । अर्घाखाँची छत्रदेवकी नुमकला सारुले आफ्नै घरको पछाडिपट्टि बतासीमा झुन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा माथागढीका बलबहादुर ओझाले आफ्नो घर नजिक रहेको जमुनाको रुखमा झन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु वीरपुरमा रहेको विजय श्री स्टिल प्रालिमा काम गर्दै आएका भारत उत्तर प्रदेश लखिनपुरखिरका जिसान सलमानीको क्रेनमा च्यापिँदा मृत्यु छ ।