राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शितलनिवासमा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्यादेबी भण्डारीबीच शनिबार अपरान्ह भेटवार्ता भएको छ ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पनटी नेकपामा विवनद चर्किएपछि प्रधानमन्त्री ओली केहीदिन देखि आन्तरिक छलफल तथा भेटघाटमा ब्यस्त छन् । आज बिहान आफू निकट स्थायी कमिटी सदस्य तथा अन्य नेताहरुलाई भेटेका ओलीले शनिबार अपरान्ह राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

अहिेले पनि भेटवार्ता जारी रहेको छ तर भेटवार्ता के बिषयमा भएको हो भन्ने खुलाईएको छैन ।यसअघि असारबिहीबार पनि प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेग्लाबेग्लै समयमा राष्ट्रपतिलाई भेटेका थिए।