दाङकी एक युवतीद्वारा फेसबुकमा लाइभ भिडियो राख्दै आत्महत्या

0
Shares

न्युज अफ नेपाल, दाङ ।

दाङ तुलसीपुरकी एक युवतीले बुधबार मध्यराति फेसबुकमा लाइभ भिडियो दखाउदै आत्महत्या गरेकी छन् ।

आत्महत्या गर्नेमा तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी २३ वर्षीया एलिसा गौतम रहेको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै प्रहरी गौतमको घर पुगेको थियो । तर, प्रहरी पुग्नु भन्दा अघि नै उनको मृत्यु भइसकेको प्रहरीले जनायो । गौतमका घरका ससदस्य भने सबै भारत गएका छन् ।

मृतकको शव पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ । पोस्टमार्टम र घटनाको छानबिनपछि मृत्युको कारण खुलने प्रहरीले बताएको छ ।