पर्वतका दुई जनासहित गण्डकी प्रदेशमा थपिए ८ कोरोना संक्रमित

0
Shares

न्युज अफ नेपाल, पर्वत ।

पर्वत जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा र फलेबास नगरपालिकाका एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमा कुस्माका २७ बर्षिय पुरुष र फलेबासका २१ बर्षिय पुरुष रहेका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ८८ पुगेको छ । अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन ।

यस्तै बिहीबार बिहान पर्वत सहित गण्डकी प्रदेशमा नयाँ ८ जना संक्रमित थपिएका छन । पर्वत बाहेक बागलुङमा १ जना, स्याङजामा २ जना र तनहुँमा ३ जना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०१४ पुगेको छ । सबै संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भएको र स्वास्थ्य अबस्था सामान्य रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका प्रमुख डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ्र