अनसनरत सुभानीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगियो

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारी नियन्त्रणमा सरकारको लावरवाहीविरुद्ध अनसनरत इनफ इज इनफ अभियानकी एक सदस्यलाई अस्पताल लगिएको छ ।

२१ वर्षिया सुभानी सीजापतीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल लगिएको हो । सो अभियानमा आबद्ध पुकार बाम भने अनसनरत छन् ।

यस्तै, सोमबार पूजा केसी नाम गरेकी अर्की एक सदस्य समेत अनसनमा अहभागी भएकी छन् ।

तस्वीर : उजोल डंगोल