न्युज अफ नेपाल, डोटी ।
डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीले सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको बताउनुभयो ।
‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको हो, कसले र किन हत्या गरे अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो ।
शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।
बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रतिक्रिया