असार १९ गतेभित्र माग सम्बोधन गर्न सरकारलाई निजी शैक्षिक संगठनहरुको अल्टिमेटम

अनलाईन कक्षा बन्द गर्ने,कर्मचारीलाई तलब नदिने चेतावनी

14
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सरकारले आफूहरुलाई सहयोग नगरेको भन्दै सरकारलाई असार १९ गतेसम्मको अल्टिमेटम  दिएका छन् । आईतबार शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई एक ज्ञापनपत्र मार्फत् आफ्ना मागहरु असार १९ गतेसम्म पुरा गर्न भनेका छन् ।

सरकारले आफूहरुलाई अभिभावकको भूमिका निर्वाह नगरेको पनि ज्ञापन पत्रमा उल्लेख गरिएको छ । कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक गतिबिधी बन्द हुँदा शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगरी उल्टै पीडामा पार्ने काम गरेको बताएका छन् ।

यस्तै अवस्थामा सरकारले उचित कदम नचाले आफूहरुले अनलाईन कक्षा पनि सञ्चालन गर्न नसक्ने तथा कार्यालय बन्द गरी कर्मचारीहरुलाई पनि तलबभत्ता दिन नसक्ने बताएका छन् ।