शिक्षा मन्त्री पोखरेल र नेकाका पदाधिकारीबीच बैदेशिक अध्ययनमा गएका बिद्यार्थीहरुबारे छलफल

0
Shares

न्युज अफ नेपाल,भक्तपुर ।

शिक्षा ,बिज्ञान तथा प्रबिधि मन्त्री माननीय गिरिराज मणि पोखरेलले राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA)का अध्यक्ष सन्तोष प्याकुरेल सहितको टोलीसँग गहन छलफल गर्नुभएको छ । छलफलमा वैदेशिक अध्ययनमा गएका बिद्यार्थीहरुको कोभिड १९ र लकडाउनले उत्पन्न गरेको स्थिति र परिस्थितिको बारेमा बिशेष छलफल भएको नेकाका अध्यक्ष सन्तोष प्याकुरेलले बताउनुभयो ।

मन्त्री पोखरेलसँगको भेटमामा बिदेश अध्ययनमा जादा बिद्यार्थीले अनिवार्य रुपमा बनाउनु पर्ने अध्ययन अनुमती पत्र जारी गर्ने प्रकृयालाई पुनः सुचारु गर्ने मोडालिटिको बारेमा पनि छलफल भएको अध्यक्ष प्याकुरलले बताउनु भयो ।
अध्यक्ष प्याकुरेलले अब छिट्टै नै परामर्श ब्यवसायलाइ सुचारु गर्ने, तयारी कक्षालाई भने अनलाइन नै सन्चालनमा लगिने कुरामा आशावादी भएको बताउनु भयो ।

हाल नेपालमा दुई हजारको संख्यामा वैदेशिक शैक्षिक परामर्श संस्थाहरु संचालनमा रहे पनि कोभिड १९ को महामारीका कारण तीन महिना देखि बन्द छन् भने एनओसी रोकिएका कारणले ४ महिना देखी बिदेश अध्ययन प्रक्रिया अवरुद्ध छ । जसका कारण लगभग ४ हजार बिदेश अध्ययनमा जान चाहने बिद्यार्थीहरु मारमा परेका छन् भने ५ अर्ब को लगानी र लगभग ४० हजार कर्मचारीको जागीर जोखिममा परेको छ नेकाले जनाएको छ ।

यस अघि पनि संघले एन ओ सी खोल्नुपर्ने माग गर्दै शिक्षा मन्त्रालयका सहसचिव तथा उच्च शिक्षा महाशाखा प्रमुख रामशरण सापकोटासंग छलफल गरेको थियो । दुबै भेटमा नेकाका कोषाध्यक्ष रमण कोइराला लगायत संघका सदस्यहरूको समेत सहभागिता रहेको थियो । वैदेशिक अध्ययनका लागि आवश्यक अनुमतिपत्र आवश्यकता अनुसार जारी गर्नु भनी मन्त्री परिषदले निर्णय गरिसके पछि के कसरी र कुन कुन मुलुकका लागी जारी गर्ने भन्ने काम शिक्षा , बिज्ञान तथा प्रबिधि मन्त्रालयले गरिरहेको अध्यक्ष प्याकुरेलले बताउनुभयो ।