आज थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

गत २४ घण्टाको अवधिमा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको कूल संख्या १२ हजार ७ सय ७२  पुगेको छ ।

आज कूल १७९ जना कोरोना संक्रमणमुक्त भएका छन् । डिस्चार्ज हुनेहरुमा १३ महिला र १६६ जना पुरुष रहेका छन् । हाल सम्म ३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।