काभ्रेमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

मोतिराम तिमल्सिना,काभ्रे ।

काभ्रेको बेथान्चोक गाउँपालिका ४ का एक २३ बर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित युवा भारतको दिल्लीमा काम गर्दै आएकामा असार २ गते नेपाल फर्किएका बताईएको छ । उनलाई हाल गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ ।

धुलिखेल अस्पतालमा उनको स्वाब परीक्षण पछि उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।। उनी जिल्लाको छैटौं कोरोना सक्रमित हुन् । यस अघि जिल्लामा ५ जनामा कोरोना सक्रमण देखिएको थियो । सबै संक्रमितहरु उपचार पश्चात निको भएर घर फर्किसकेका छ्न् ।