समाचार सेयर गर्दा फेसबुकले ल्यायो यस्तो नयाँ नियम


न्युज अफ नेपाल, काठमाडौँ ।

फेसबुकले फेसबुकमा रहेका पुराना समाचार सेयर गर्न हतोत्साही गर्ने नियम ल्याएको छ ।

सामाजिक संजालमा फैलिने फेक न्यूजलाई रोक्न विश्वभर समाचारको प्रमुख माध्यम बनेको फेसबुकले आफ्नो कन्टेन्ट पोलिसीमा व्यापक परिवर्तन गर्दै यस्तो नियम ल्याएको हो ।

फेसबुकले अब ९० दिन भन्दा पुरानो समाचार सेयर गर्नु अघि यसको सूचना प्रयोगकर्तालाई दिने भएको छ । ९० दिनभन्दा पुरानो सूचना सेयर गर्न खोज्दा नयाँ संदेश आउने छ जसमा यो समाचार ९० दिनभन्दा पुरानो हो भन्ने संदेश दिने छ । त्यसमा सेयर गर्ने या क्यान्सिल गर्ने भन्ने अप्सन दिने फेसबुकले जनाएको छ ।

अहिले पुरानो समाचार सेयर हुदा नयाँ समाचार भनेर मानिसहरुले लिंक नै नखोली सेयर गरिदिदा अनेकौं अफवाह चलिरहेको देखिन्छ ।

यसरी हुने सेयरले फेक न्यूजलाई प्रेरित गर्ने भन्दै फेसबुक प्रयोगकर्ताले कुनै समाचार कहिले प्रकाशित भएको हो भन्ने जानकारी नहुदा पनि सेयर गर्नेको संख्या अत्यधिक धेरै हुने हुनाले यो कदमले पुरानो समाचार सेयर हुने र फेक न्यूजप्रेरित हुनेक्रम धेरै हदसम्म रोकिने जनाएको छ ।