नेताहरुले झुण्ड्याएको कोरोनाको जन्तर बनाउने र बेच्नेलाई कारवाही हुने

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाइरस रोकथाम गर्ने भन्दै नेताहरुले घाँटीमा झुन्ड्याउने गरेको जन्तर (रिमुभिङ कार्ड) प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो कार्ड विकास भइनसकेको तथा यसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्ने भन्दै प्रयोग नगर्न मन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयले प्रमाणित नभएका सामग्री बनाउने, विक्री गर्नेलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ ।