प्रहरी र सरकार नस्लवादी भएको बहुसंख्यक अश्वेतको धारणा: सर्वेक्षण


लन्डन, (एजेन्सी)

अमेरिकामा अश्वेत जर्ज फ्लोयडको प्रहरीद्वारा हत्या भएपछि देशव्यापी प्रदर्शन जारी छ । यसैबीच अमेरिकी सञ्चार माध्यम सीएनएनले अश्वेतलाई लिएर एक सर्वेक्षण गरेको छ ।

यसमा १ हजार ५ सय ३५ बेलायती नागरिकलाई समावेश गरिएको थियो जसमा १८ वर्षभन्दा माथिको उमेरका थिए । जुन १२ देखि १४ सम्म भएको सर्वेक्षणमा करिब ५ सय अश्वेतलाई पनि यसमा सहभागी गराइएको थियो । सर्वेक्षणमा फरक फरक पारामिटर्समा श्वेत, अश्वेत र अन्य अल्पसंख्यकहरूको राय लिइएको थियो ।

प्रहरीका सम्बन्धमा श्वेत र अश्वेत दुवैको फरक फरक राय देखियो । सर्वेक्षणअनुसार करिब ४९ प्रतिशत अश्वेतमा प्रहरीले फ्लोयडप्रति ठीक व्यवहार नगरेको मान्यता देखियो जब कि यस्तो ठीक मान्ने श्वेतको संख्या २६ प्रतिशत मात्र छ ।

योस“गै हरेक १० मा ६ सहभागी अर्थात् ५९ प्रतिशत अश्वेत आफ्नो परिवारका सदस्यप्रति प्रहरीको व्यवहार ठीक नभएको मान्छन् । यसैमा १० मा ३ श्वेतले प्रहरीबाट उनीहरूको परिवार सदस्यहरूप्रति राम्रो व्यवहार नगरेको बताए ।

यो सर्वेक्षणले ५४ प्रतिशत अश्वेतले प्रहरी संस्थागतरूपमा नस्लवादी मानेको देखाएको छ । जब कि श्वेत वर्गमा यस्तो ठान्नेको संख्या २७ प्रतिशत मात्र छ ।

त्यसैगरी ६६ प्रतिशत अश्वेतलाई दास, व्यापार तथा उपनिवेशवादलाई प्रवद्र्धन गरेकाहरूको मूर्तिहरूप्रति समस्या रहेको छ । तर यस्तो मान्ने श्वेतहरूको संख्या त्यसको आधाभन्दा कम ३० प्रतिशत मात्र छ । हरेक १० मा ६ अर्थात् ६० प्रतिशत ती मूर्तिहरू हटाउनुपर्ने पक्षमा छन् । तर यस्तो मान्ने श्वेतको संख्या भने १० प्रतिशत अर्थात् २८ प्रतिशत मात्र रहेको सर्वेक्षणले देखाएको छ ।

बेलायतको विद्यमान बोरिस सरकारलाई लिएर पनि सहभागीहरूले राय दिएका छन् । ५८ प्रतिशत अश्वेत सरकार संस्थागतरूपमै नस्लवादी भएको ठान्छन् भने ३९ प्रतिशत श्वेत यसमा सहमत देखिएका छन् । तर विपक्ष लेवोर पार्टीलाई लिएर ३१ प्रतिशत अश्वेतले मात्र त्यसलाई संस्थागतरूपमा नस्लवादी भएको मानेका छन् भने यसमा सहमत हुने श्वेतको संख्या ३४ प्रतिशत छ ।