चीन भारतसामु झुक्यो ?


काठमाडौँ ।

भारत र चीनबीचको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव कम गर्ने प्रयास भइरहेको छ । यही क्रममा चीनले आफ्नो सैनिकहरुलाई गलवान क्षेत्रमा केही घटाएको छ ।

चिनियाँ सेना केही पछाडि हटेपछि चाहिँ भारतीय मिडियाहरुले चीन भारतसामु झुकेको भन्ने टिप्पणी गरिरहेका छन् ।

भारतीय समाचार एजेन्सीहरुले सूत्रको हवाला दिँदै बिहीबार यो जानकारी प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

२२ जुनमा भारतसँग भएको वार्तामा चीनले आफ्ना सेना केही पछाडि हटाउनेबारे जानकारी दिएको बताइएको छ । यही सन्दर्भमा गलवान क्षेत्रमा केही सेनाहरुलाई पछाडि हटाइएको बताइएको छ ।

भारत र चीनका शीर्ष सैन्य कमान्डरबीच सोमबार भएको बैठकमा यस्तो सहमति भएको भारतीय मिडियामा दाबी गरिएको छ ।

भारत र चीनका सेनाबीच गत साता गलवान घाँटीमा भएको झडपमा २० भारतीय सेनाको निधन भएको थियो ।