नेकपा स्थायी कमिटि बैठक सुरु

सिमा विवाद, एमसीसीलगायत एजेन्डामा छलफल हुँदै


न्युज अफ नेपाल, काठमाडौं।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा सिमा समस्या, एमसीसी, कोरोना रोकथाम र पार्टीको बाँकी एकताको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।