कोलिन चीनको दोश्रो सबैभन्दा धनी


बेइजिंग,(एजेन्सी)

गुगल कम्पनीका पुर्व कर्मचारी केहि समय चीनको दोेश्रो सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । कोलिन हुआँग आफ्नो इ–कमर्श बिजिनेस पिन्दुओदुओ ह्वात्तै माथि गएपछि सो उपाधि जित्न सफल भएका हुन् । आइतवार फोर्बेस पत्रिकाले हुआँगको कूल सम्पत्ति ४५ अर्व ४० करोड अमेरिकी डलर पुगेको दावी गरेको छ ।

उनी सबैभन्दा धनीको सुचिमा अलिवावाका ज्याक मा भन्दा अगाडि तर टेन्सेन्टका पोनी मा भन्दा पछाडि रहेको बताइएको छ ।

विगतमा उनले माइक्रोसफ्टमा इन्टर्नसिप गरेका थिए । त्यसपछि उनले तीन वर्ष सम्म गुगलमा इन्जिनियको हैसियतले जागिर खाएका थिए ।

सन् २०१६ मा उनले आफ्नो ब्लगमा लेखेका थिए , ‘ गुगलमा बिताएको तीन वर्ष मेरो लागि निकै महत्वपूर्ण सावित भयो । मैले गरेको सेवा भन्दा गुगलले मलाई धेरै फल दियो । ’ उनले सन् २०१५ मा पिन्दुओदुओ स्थापना गरेका थिए ।

यो कम्पनी चीनको कोभिड – १९ महामारीकोबेला धेरै चल्यो । हरेक दिनको अर्डर ५ करोडबाट बढेर ६ करोड ५० लाख पुगेको थियो । यस कम्पनीले ग्राहकहरुले समुह बनाएर कुनै सामान खरिद गर्न आउँदा सस्तो दिने गरेको छ । यसको साइटमा ग्राहकहरुले रमाइला गेमहरुपनि खेल्न सक्छन् भने कहिलेकाहिं निशुल्क उपहारहरु पनि दिने गरिएको छ ।

तर हुआँगले विश्वका सबैभन्दा धनी प्रविधि जगतका अर्वपति जेफ बिजोसलाई उछिन्न अझै धेरै मिहेनत गर्नु बाँकी नै छ । फार्बेसका अनुसार अमेजनका संस्थापक बिजोसको कूल सम्पत्ति अहिले १ सय ६२ अर्व २० करोड डलर रहेको छ ।