भारतले थुप्रै पाकिस्तानी कुटनीतिज्ञ निष्कासन गर्ने


नयाँदिल्ली,(एजेन्सी)

भारतको राजधानी स्थित पाकिस्तानको उच्चायोग ( दुतावास ) का पचास प्रतिशत कुटनीतिज्ञलाई भारत सरकारले जासुसी गरेको र आतंककारीहरुसंग सम्बन्ध राखेको आरोपमा देश निकाला गर्न लागेको छ ।

भारतको विदेश मन्त्रालयले बुधवार भारतले सोही संख्यामा पाकिस्तनको राजधानी इस्लामावाद स्थित आफ्नो उच्चायोगबाट पनि कर्मचारी कटौती गर्न लागेको जानकारी दिएको छ । भारतको यस कदम प्ति पाकिस्तनले तत्काल कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

तीन साता अघि भारतले दुतावासमा कार्यरत दुई जना पाकिस्तानी कर्मचारीलाई निष्कासन गरेपछि आणविक शक्ति सम्पन्न यि दुई मुलुकबिच तनाव चुलिएको हो ।

तिनीहरु माथि भारतिय फौजको गतिविधि सम्बन्धी सुचना संकलन गर्ने प्रयास गरेको आरोप लगाइएको थियो ।

तर भारतले भने यस पछिल्लो कदम इस्लामावादमा दुईजना भारतिय कर्मचारी माथि गरिएको दुव्र्यवहारको परिणाम भएको बताएको छ ।