लन्डन, एजेन्सी ।
रसियन क्लब सीएसकेए मस्कोलाई रंगभेदी क्रियाकलाप गरेको आरोपमा जरिवाना लगाएको छ । रंगभेदी क्रियाकलाप गरेको आरोपमा सीएसकेए मस्कोलाई रसियन फुटबल युनियनले एक लाख रसियन रुबेल्स जरिवाना लगाएको हो ।
कोरोनापछि सुरु भएको लिग अन्तर्गत सेन्ट पिटर्सबर्ग विरुद्धको खेलमा मस्कोका समर्थकले विपक्षीका अश्वेत ब्राजिलियन खेलाडी म्याल्कोममाथि रंगभेदी क्रियाकलाप गरेको आरोप लगाएका थिए । जसका कारण त्यसको जरिवाना मस्को टिमले तिर्नुपर्ने भएको छ ।
गत शनिबार भएको सो खेलमा पिटर्सबर्ग ४-० गोलअन्तरले विजयी भएको थियो । कोरोनापछि सुरु भएको रसियन लिगमा केहि सिमित दर्शकलाई मैदानमा प्रवेश गराइएको थियो ।
विजेता टिमका खेलाडीले गोल गरेपछि सानो समुहमा बसेर खुसी मनाउँदा समर्थकले उनीहरुलाई विभिन्न रंगभेदी गाली गलौज गरेको बताइएको थियो ।
प्रतिक्रिया