चीनको पुरानो नक्शामा गाल्भान भारतीय भएको दावी


काठमाडौँ ।
जुन १५मा भारतीय सैनिकहरूमाथि हमला पछि चिनियाँ सरकार र चिनियाँ सेनाको नेतृत्वले गरेको बयानमा गल्भान उपत्यका भारतको भएको भारतीयहरुले दाबी गरेका छन ।

चीनको परराष्ट्र मन्त्रालय र जनमुक्ति सेनाको पश्चिमी कमान्ड (पीएलए) ले गरेको बयानमा चीनले एलएसी नजिकै गाल्वान र श्योक नदीको संगमको सम्पूर्ण क्षेत्र ओगट्न खोजे पनि यो भूमी भारतको हो भनेर भारतीय सन्चारमाध्यम आजतकले लेखेको छ ।

अमेरिकामा आधारित एम टेलर फ्रेभेल एमआईटी सुरक्षा अध्ययन कार्यक्रमका एक निर्देशक फ्रेभेलले पुरानो चिनियाँ नक्शा देखाउँदै भने– ‘गलाभन र श्योक नदीको संगम हुनु अघि पनि बेंसीमा चीनको दावी समाप्त हुन्छ।’