कोरोना महामारीबाट विश्वभर ९१ लाख ८४ हजार बढी संक्रमित


एजेन्सी ।

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या बुधबार बिहानसम्म ९१ लाख ८४ हजार ९ सय ७६ संक्रमित भएका छन्। हालसम्म विश्वभर ४ लाख ७४ हजार ६ सय ९ जनाको मृत्यु भइसकेको छ।

सबैभन्दा धेरै अमेरिकामा २३ लाख ४२ हजार ७ सय ३९ जना संक्रमित भएका छन् भने त्यहाँ १ लाख २१ हजार १ सय ७६ जनाको मृत्यु भएको छ।

यस्तै, विश्वभर ४६ लाख ४ हजार १ सय ३० जना कोरोना संक्रमणबाट निको भएका छन्।