भारत–चीनका सेनाबिच भएको झडपको भिडियो सार्वजनिक (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।
भारत–चीनका सेनाबिच भएको हिंस्रक झडपमा परी २० जना भारतीय सेनाले ज्यान गुमाएसँग अहिले लद्धाख शान्त छ ।

यही बीचमा एउटा भिडियो सार्वजनिक भएको छ । जसमा हिउँले ढाकिएको हिमाली क्षेत्रमा भारत र चीनका सेनाहरु एकापसमा मुक्का मुक्की गरिरहेको दृश्य देख्न सकिन्छ ।

भिडियोमा भारतीय सेनाले चीनीयाँ सेनालाई गो ब्याप भन्दै कराईरहेको प्रष्ट सुन्न सकिन्छ । चिनीयाँ सेना पछि नहटि जाईलागेको दृश्यमा देखिएको छ ।

भारतीय मिडियाको रिपोर्ट अनुसार एक अज्ञात व्यक्तिले सामाजिक सञ्जालमा राखिएको यो भिडियो सिक्किममा भएको झडपको हुन सक्ने आँकलन गरिएको छ ।

मे महिनाको ५ तारिखमा १६ हजार फिट उचाईमा रहेको नाकू ला क्षेत्रमा भारत–चीनको १५० सैनिक आमने सामने भएको बताईएको छ । त्यसदिन मुक्का मुक्की हुँदा १० सैनिक घाईते भएको भारतीय पक्षको भनाई छ ।

(भिडियो)

 

 

प्रतिक्रिया दिनुहोस्