सुन आज प्रतितोला कति पुग्यो ?


 न्युज अफ नेपाल, काठमाडाैं ।

सुन आज ४ सयले घट्दै ९० हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला ९१ हजारमा कारोबार भएको सुन ४ सयले घट्दै ९० हजार ६ सयमा काराेबार भएकाे हाे ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर प्रतितोला ९४० मा कारोबार भइरहेको छ । आइतबार पनि सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो ।

आज चाँदी पनि आइतबारकै मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।