लकडाउन तोड्दै संगीत महोत्सव गरेपछि…


पेरिस, (एजेन्सी) ।

फ्रान्समा आइतवार वार्षिक संगीत महोत्सवमा भाग लिन हजारौं व्यक्तिले कोरोना भाइरसको कारण लगाइएका लकडाउनका नियमहरु तेडेको प्रहरीले जनाएको छ ।

फेटे डे ला म्युजिक्यु अर्थात म्युजिक डे इन इंगलिसलाई उत्साहित फ्रेन्चहरुले सामाजिक दूरीको नियमको वेवास्ता गरी सडकहरुमा नाचेर मनाए । राजधानी पेरिसमा प्रहरी र केहि संगीतप्रेमीहरुबिच झडप भएको थियो ।

त्यसैगरी नान्तेज शहरमा आक्रोसित भिडलाई तितर वितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गर्नु परेको थियो । अनलाइनहरुमा राखिएका सो महोत्सव मनाइरहेकाहरुको तस्वीरको जनस्तरबाट पनि व्यापक आलोचना भएको थियो ।

तर जेहोस फ्राँन्समा कोभिड १९ सम्बन्धी थुप्रै नियम खुकुलो भइसकेका छन् । यसै महिनाको शुरुमा फ्रान्सको राष्ट्रपति इमान्युयल म्याक्रोँले भाइरसमाथि मुलुकले विजय हासिल गरेका घोषणा गरेका थिए । पन्ध्र वर्ष मुनिका सम्पूर्ण बालबालिकाका लागि बिद्यालय पुन संचालमा आइसकेका छन् ।