न्युज अफ नेपाल, तनहुँ ।
पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । सुख्खा पहिरोका कारण पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–आँबुखैरेनी अवरुद्ध भएको छ ।
आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकै सोमबार राती पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । पहिरोले राजमार्ग अवरुद्ध बनेपछि सयौं सवारी साधन आवातजावात हुन सकेको छैन ।
आइतबारदेखि परेको अविरल बर्षाका कारण जमिन गलेकाले माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
पहिरो हटाउनका लागि डोजर प्रयोग गरेर हटाउने प्रयास भइरहेको तिमिल्सिनाले बताउनुभयो । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
प्रतिक्रिया