खोलाले बगाउँदा महिलाको मृत्यु



पाल्पा, (नेस)

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । आइतबार राति परेको अविरल वर्षका कारण एक्कासि बढेर आएको झिर्दी खोलाले बगाउँदा खोलाखेतकी ७० वर्षकी मनकुमारी सारूको मृत्यु भएको हो ।

सोमबार बिहान पन्टार क्षेत्रको बजारमा किनमेल गर्न हिँडेका दुई जना महिलामध्ये सारूलाई एक्कासि खोलाले बगाएको थियो ।

निरन्तर परेको वर्षाका कारण पानीको बहाव एक्कासि बढेपछि ती महिलालाई बगाएको हो । उनलाई बगाएर केही तल खोलाको किनारमा फालेको अवस्थामा स्थानीयले भेटाएका थिए । उनीसँग गएकी अर्की महिला भने सकुशल रहेको स्थानीयले वताएका छन् ।

प्रतिक्रिया दिनुहोस्