काठमाण्डौमा करीब पाँच–छ घण्टा बत्ती जाने



न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाण्डौको केही ठाउँमा करीब पाँच–छ घण्टा बत्ती जाने भएको छ । घुम्ती, धापासी, च्यासिन्टोल, हात्तीगौडा, बालुवाडीपो, हेपालीलगायतका क्षेत्रहरुमा आज दिउँसो १२ बजेदेखि बेलुकी ५ बजेसम्म बत्ती जाने भएको हो ।

महाराजगञ्ज वितरण केन्द्रको गणेशस्थान फिडरबाट वितरित लाइन बूढानीलकण्ठ नगरपालिका २ गणेश चोकको जीर्ण लाइनको पोल परिवर्तन गर्नुपर्ने भएकोले साे क्षेत्रमा बत्ती जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

तोकिएको समयभन्दा अघि नै काम सकिए चाँडै नै बत्ती आउने पनि प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्