जर्मनीमा लेनिनको प्रतिमा ठडियो

0
Shares

 

वर्लिन,(एजेन्सी)
जर्मनीको एक कटर वामपन्थि पार्टीले त्यहाँ विवादास्पद कम्युनिस्ट नेता भ्लादिमर लेनिनको प्रतिमा खडा गरेको छ । जर्मनीको सानो माक्सवादी लेनिनवादी पार्टी ( एमएलपिडि) ले पश्चिमी जेल्सेनकिर्चेन स्थित पार्टीको प्रधान कार्यालय सामु सो प्रतिमा ठड्याएको हो । नगर प्रशासनले यो कार्य रोक्न खोज्दै त्यहाँ लेनिनका लागि कुनै स्थान नरहेको स्पष्ट पारेको थियो । तर अदालतले प्रशासनिक विचारलाई हस्तक्षेप गरेपछि शनिवार एक समारोहबिच प्रतिमा अनावरण गरिएको हो । सन् १९१७ को रुसी क्रान्तिका नेता लेनिनले निधन नहुन्जेल अर्थात सन् १९२४ सम्म राष्ट्रको नेतृत्व गरेका थिए । उनीपछि नेतृत्व भार जोसेफ स्टालिनले सम्हालेका थिए ।