
बुखारेस्ट,(एजेन्सी)
तेहरानमा भ्रष्टाचारको अभियोग लगाइएका घोलामरेजा मन्सुरी नामक एक धार्मिक नता तथा न्यायधिशलाई रोमानियाको राजधानी बुखारेस्ट स्थित होटेल परिसरमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।
अभियन्ताहरुले उनीमाथि मानव अधिकार उल्लंघन गरेको अरोप समेत लगाउँदै आएका थिए । ँ इरानमा भ्रष्टाचारको अभियोग लगाइएका थुप्रै वरिष्ठ न्यायधिशमध्ये एक उनी गत वर्ष इरानबाट भागेका थिए ।
रोमानियाली प्हरीले उनलाई यसै महिनाको शुरुमा हिरासतमा लिएको थियो । उनलाई इरानमा सुपुर्दगी गर्ने वा नगर्ने भन्नेबारे अर्को महिना निर्णय हुनलागेको अनुमान गरिएको छ । ५२ वर्षिय उनी माथिलो तल्लाबाट खसेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया