सुनको मूल्य हालसम्मकै उच्च


न्युज अफ नेपाल, काठमाडाैँ ।

आज मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएकाेमा साेमबार तोलामा ४ सय रुपैयाँले बढेर ९१ हजार पुगेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । ।

त्यसैगरी आज तेजावीका लागि ९० हजार पाँच सय ६५  रूपैयाँ मूल्य ताेकिएकाे छ । आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाले बढेको छ । आज चाँदीको मूल्य बढेर प्रतितोला ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।