कोरानाबाट संक्रमितै नहुने एक मात्र उपाय निको भइसकेकामा ह«दय र मस्तिष्कघातको खतरा मानव अंगहरु स्थायी रुपमा क्षतिग्रस्त हुने


किभ,( एजेन्सी ) अझै कुनै खोप र औषधि पत्ता नलागेको कोभिड १९ को सन्त्रासबाट विश्वका कुनै पनि मानिस अछुतो रहेको छैन । यसबाट लाखौंको ज्यान गइसकेको छ भने लाखौं व्यक्ति संक्रमित भएर उपचार गराइरहेका छन् । पछिल्लो समयमा कोराना भाइरस संक्रमित हुनेहरुमा पनि कोहिमा गम्भीर लक्षण देखिएका छैनन् भने कोहिमा पटक्कै कुनै लक्षणनै नदेखिएको अवस्था छ । हामीले कोरोना उपचारबाट सफल भएका मानिसहरुले खुशी मनाउँदै गरेका तस्वीर सहितका खवर देखेका छौं ।

तर अब आएर कोरोना संक्रमित बिरामीका फोक्सोको स्थिती कहिल्यै पनि पुरानै स्थितीमा नफर्कने डरलाग्दो तथ्य खुलासा भएको छ । लामो समय देखि संक्रमितहरुको उपचारमा संलग्न आइसियुका नर्स सेरी एन्टोइनेत्ते ट्विटरमा लखेकीछन् , ‘ ति बिरामीहरका अंग कहिले पनि पुर्ण रुपमा निको हुँदैनन् । यसबाट हुने केहि क्षति स्थायी हुन्छ । कोभिड १९ को कारण तपाईंको रगत निकै बाक्लो हुने भएकाले सफल उपचार पछि पनि तपाईंलाई डरलाग्दो मस्तिष्कघात वा ह«दयाघात हुने खतरा बाँकी नै रहन्छ ।

अथवा बाँकी जीवनभरि तपाई अक्सिजनको सहारामा बस्नुपर्ने पनि हुनसक्छ । ’ अमेरिकी नर्स एन्टोइनेत्तेले अगाडि भनेकी छन् , ‘ अस्पतालमा चिकित्सकहरुले तपाईंलाई रोग निको भयो भन्दा तपाईंको फोक्सोको प्रत्यारोपण गर्नुपर्ने वा कुनैपनि बेला तपाईलाई मस्तिष्क वा ह«दयाघातको कारण पुन अस्पताल ल्याइनु पर्ने हुन सक्छ भन्ने तितो वास्तविकता बताउँदैनन् । ’ उनले भने अनुसार विश्वका अस्पतालहरुमा कोरोना भाइरसको उपचारपछि मुटु , मस्तिष्क , मृगौला लगायत दम जस्ता समस्याहरु लिएर आउने गरेको पाइएको छ ।