करेन्ट लागेर महिलाको ज्यान गयो



डोटी, (नेस)

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार साँझ खानेपानीका लागि धारामा पानी लिन गएको बेला करेन्ट लागेर उहाँको घटनास्थलमै ज्यान गएको हो ।

सोही वडाका स्थानीय युवा १९ वर्षीया सुर्ज किमाडीले पानीको ट्यांकीमा बिजुलीको करेन्ट प्रवाह गरेका कारण करेन्ट लागेको प्रारम्भिक अनुसान्धनबाट खुलेको उहाँले जानकारी दिनुभयो ।

पानीको ट्यांकीमा करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्