पर्वतका पाँच स्वास्थ्यकर्मीमा कोरोना संक्रमण



दुर्गाप्रसाद शर्मा, पर्वत

पर्वत अस्पतालमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा कोरोना सक्रंमण भएको पुष्टिपछि संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका बिरामीको कन्ट्रयाक्ट टे«सिङ शुरु भएको छ ।

स्वास्थ्य कार्यालय पर्वतले असार २ देखि ४ गतेसम्म पर्वत अस्पतालमा सेवा लिएका सबै बिरामीको कन्ट्रयाक्ट टे«सिङ शुरु गरेको हो । कन्ट्रयाक्ट टे«सिङ नसकिएसम्म कुस्माबजार पूर्णरुपमा बन्द गरिएको छ ।

कोरोना संक्रमित स्वास्थ्यकर्मीले असार २, ३ र ४ गते अस्पतालमा सेवा दिएका कारण सेवा लिएका सबैको कन्ट्रयाक्ट टे«सिङ गर्न थालिएको कार्यालयका सूचना अधिकारी प्रवीण भण्डारीले जानकारी दिनुभयो ।

कार्यालयले सूचना जारी गरेर असार ९ गते पर्वत कोरोना अस्पताल गुप्तेश्वर क्याम्पसमा सबैको स्वाब लिइने जानकारी गराएको छ । ‘तीन दिन अस्पतालबाट सेवा लिएका सबैको स्वाब लिएर परीक्षण गर्ने कार्यक्रम बनाएका छौं’ –भण्डारीले भन्नुभयो ।

पर्वतको गुप्तेश्वर बहुमुखी क्यामपसमा सञ्चालित अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संलग्न दुई चिकित्सक, स्टाफ नर्स, ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगीसहित ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कन्ट्रयाक्ट टे«सिङका क्रममा पर्वत अस्पतालमा कार्यरत सबै स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्टिन सञ्चालक, स्वास्थ्यकर्मीका परिवारका सदस्यसहित ८१ जनाको स्वाब संकलन गरी पठाइएको छ । स्वाब पठाइएकामध्ये अस्पतालका मेडिलक डा. शिशिर देवकोटासहित २१ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ भने थप २ जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका ब्यक्तिमा संक्रमण देखिएको छ । यसबाहेक ५४ जनाको रिपोर्ट आउन बाँकी छ ।
कुस्माबजार पूरै बन्द, लकडाउनमा कडाइ

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि पर्वत अस्पतालमा इमर्जेन्सी बाहेकका सेवा बन्द गरिएको छ भने अस्पताल आसपासको क्षेत्रसमेत सिल गरिएको छ ।

पर्वतको कुस्माबजारमा शुक्रबारदेखि लकडाउन कडा बनाइएको छ । आइतबार दिउँसो कुस्मामा बजारका सबै पसल र व्यवसाय बन्द गरिएको छ । आइतबार दिउँसो खुला भएका सबै पसल सशस्त्र र नेपाल प्रहरीले बन्द गराएका छन् ।

उत्पन्न परिस्थितिलाई मध्यनजर गरेर अत्यावश्यक सेवाका पसल पनि बिहान र बेलुका मात्र खोल्न थालिएको छ । कन्ट्रयाक्ट टे«सिङ नसकिएसम्म बजारमा भीडभाड हुन नदिन बन्द गराइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

‘पछिल्लो समयको परिस्थितिलाई ध्यानमा राखेर लकडाउनमा कडाइ गरेका हौं ।’ प्रजिअ रेग्मीले भन्नुभयो– ‘मास्क नलगाई र बिनाकाम हिँड्ने र राति हिँड्नेलाई पनि नियन्त्रणमा लिन्छांै ।’ पर्वत उद्योग वाणिज्य संघले विज्ञप्ति प्रकाशन गरेर अत्यावश्यकबाहेक सबै उद्योग, व्यवसाय बन्द गर्न आह्वान गरेको थियो ।

पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले कोरोना समुदायमा फैलन सक्ने आशंकाले सचेत हुन अत्यावश्यकबाहेक सबै व्यवसाय बन्द गर्न आह्वान गरिएको बताउनुभयो । उहाँले कन्ट्रयाक्ट टे«सिङको रिपोर्ट नआएसम्म सबैले आफ्नो र परिवारको स्वास्थ्यलाई ख्यालमा राखेर लकडाउनको नियमलाई पालना गर्न आवश्यक छ भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्