भारत–चीन विवादमा फेरी बोले ट्रम्प


न्युज अफ नेपाल, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–चीनबीच सीमा विवादलाई लिएर फेरी प्रतिक्रिया दिएका छन् । उनले दुई देशबीचको सीमा विवाद सुल्झाउनको लागि कोशिस गरिरहेको बताए ।

उनले ह्वाईट हाउसमा शनिबार भने–‘त्यहाँ कठिन परिस्थिति देखिएको छ । दुई देश गम्भिर समस्यामा छन् । हामी भारत र चीनसँग कुरा गरिरहेका छौँ ।के हुन्छ हेरौँ । हाम्रो तर्फबाट पनि समस्या सुल्झाउने प्रयास भईरहेको छ ।’

उनले अघिल्लो पटक प्रतिक्रिया जनाउँदै भारत चीन तयार छ भने अमेरिका सीमा विवाद सुल्झाउनका लागि मध्यस्थता भूमिका खेल्न सक्ने भनेका थिए । गएको १५ जुनमा लद्धाखको गलवान घाँटीमा भएको दुबै मुलुकका सेनाबिच भएको हिंस्रक झडपमा परी एक अधिकारी सहित २० सैनिकले ज्यान गुमाएका थिए ।